दक्षिण भारतीय अभिनेता विजयले लिए दुई फिल्मबाट १ सय ३० करोड पारिश्रमिक | Khabarhub Khabarhub

दक्षिण भारतीय अभिनेता विजयले लिए दुई फिल्मबाट १ सय ३० करोड पारिश्रमिक


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउथ सुपरस्टार थालापति विजय केही समयदेखि विभिन्न कारणले चर्चामा रहेका छन् । फेब्रुवरीमा राजश्व विभागले उनको घरमा छापा मारेको थियो ।

दोस्रो पटक पनि राजश्वले उनको घरमा छापा मारेका थिए । ‘बिगिल’ का लागि ठूलो रकम लिएर ट्याक्स नतिरेको शंकामा उनको घरमा छापा मारिएको थियो ।

अभिनेता विजयको घरमा सर्च अपरेशन चलाइएको थियो । जाँचको दौरान आयकर अधिकारिकहरुले विशेष खुलासा गरेका छन् । विजयलाई दुई फिल्मका लागि भारतीय १ सय ३० करोड रुपैयाँ पारिश्रमिक स्वरुप मिलेको थियो ।

जाँचमा विजयलाई यति ठूलो रकम मिले पनि उनले ट्याक्स भने जम्मा गरेको इनकम आयकर विभागका अधिकारिहरुले जानकारी दिएका छन् ।

अभिनेता विजयलाई १ सय ३० करोड ‘बिगिल’ र ‘मास्टर’ का लागि मिलेको थियो । उनले ‘बिगिल’ का लागि ५० करोड र ‘मास्टर’ का लागि ८० करोड बुझेका थिए । उनको घरमा छापा कुनै आकास्मिक थिएन ।

खासमा, उनको पछिल्लो सुपरहिट फिल्म ‘बिगिल’ ले तीन सय करोड छापेको थियो । त्यसबेला आइटी अधिकारिलाई फाइनन्सर अनबूको घरमा ७७ करोड मिलेको थियो ।

विजयको कठिनाइ अझै समाप्त भएको छैन । आइटी अधिकारिहरू विजय र उनको परिवारले गरेको लगानीको छानबिन गरिरहेका छन् । विजयले गरेको केही लगानी अहिले प्रश्नको घेरामा छ ।

अहिले उनी फिल्म ‘मास्टर’ को छायांकनमा व्यस्त छन् । आफ्नो घरमा इनकम ट्याक्सका अधिकारिहरुले छापा मारेपछि उनले केही समयका लागि फिल्मको छायांकन रोकेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १२ : ०० बजे

कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२