मोबाइल हरायो ? निवेदन दिनोस्, सात दिनमा हात लाग्छ | Khabarhub Khabarhub

मोबाइल हरायो ? निवेदन दिनोस्, सात दिनमा हात लाग्छ


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मोबाइल हराएर भौतारिरहनु भएको छ । अब चिन्ता निलनोस् निवदेन दिएको भरमा तपाईको मोबाइल ७ दिनमा हात लाग्छ ।

नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको हो ।

विदेशबाट ल्याएका मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी ‘आइएमइआइ’ दर्ता गर्न र मोबाइल चोरी भएका पत्ता लगाउन प्राधिकरणले २ बर्षदेखि यो सेवा जारी राखेको छ।

मोबाइल हराएको आवेदन प्राप्त भए पछि प्राधिकरणले नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायक कम्पनी र  नेपाल प्रहरीसँगको सहकार्यमा मोबाइल खोजिने गरेको छ ।

अनलाइन रजिष्ट्रर गरेपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीसँग कल डिटेल लिन्छ। त्यही कल डिटेल प्रहरीलार्इ दिएपछि मोबाइल खोजी सुरु हुन्छ ।

अनलाइनमार्फत आइएमइआइ नम्बर दर्ता गर्ने बिक्रेता ३० र व्यक्तिगत भने २ सय १० पुगेको छ। ग्राहकले मोबाइल हराएपछि eir.nta.gov.np वेबसाइटमा दर्ता गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ६ : २६ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको