कोरोना भाइरसको त्रास रहेको बेला थपियो डेंगु, कसरी बच्ने ? | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रास रहेको बेला थपियो डेंगु, कसरी बच्ने ?


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर अहिले कोरोना भाइरसको त्रास फैलिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ । चीन, अमेरिका, दक्षिण कोरिया सहित १ सय ५७ देशमा कोरोना संक्रमितको संख्या डेढलाख भन्दा बढी भइसकेको छ ।

नेपालमा भने हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्रिलाई पनि ठिक भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ । सरकार अहिले कोरोना नेपालमा भित्रिन नदिन उच्च स्तरिय समिति नै गठन गरेर कोरोना संक्रमणको प्रतिकार्यमा व्यस्त भएको छ ।

कोरोनाको संक्रमण नेपाल भित्रिन नदिन पूर्व तयारीमा लागेको सरकार सामु अर्को चुनौती थपिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले नेपालमा डेंगुको संक्रमण देखिन थालेको जनाएको छ ।

जाडो मौसम सकिएपछि शुरु हुने डेंगुबाट जनावरी देखि हालसम्म ३६ जना बिरामी परेको महाशाखाको तथ्यांक छ । विश्वभर कोरोना भाइरसको त्रास बढ्दै जाँदा नेपालमा डेंगुको रोग समेत थपिने संकेत महाशाखाको तथ्यांकले नै देखाएको छ ।

गत साउनदेखि कात्तिक सम्ममा नेपालमा भण्डै १५ हजार व्यक्तिमा डेंगु रोग देखियो ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन देखि कात्तिक सम्ममा डेंगुका कारण ६ जनाको मृत्यु भएको थियो । त्यसैले अब नेपालमा कोरोना भाइरसको विषयमा मात्र होइन डेंगुको विषयमा पनि सबै व्यक्ति समेत हुनुपर्ने देखिन्छ । त्यसैले आज हामी तपाईलाई डेंगु रोगको बारेमा केही जानकारी दिदैछौं ।

के हो डेंगु रोग कसरी बच्ने ?

शुक्रराज अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार डेंगु रोग एडिस जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।   डेंगु सार्ने लामखुट्टेले सफा पानी जम्मा भएको ठाउँमा फुल पार्छ ।  टायरमा जम्ने आकासेपानी, गमला, घर वरपरको खाल्डाखुल्डीमा जम्ने पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा विकास भइ लामखुट्टेको संख्या वृद्धि हुन्छ र मानिसलाई टोकेर डेंगुको संक्रमण गराउँछ ।

डेंगुका लक्षणहरु

–ज्वरो आउने,

–आँखाको गेडीहरु दुख्ने,

– शरीरमा डाबरहरु आउने,

– खाना नरुच्ने,

–जोर्नी तथा मांसपेसीहरु दुख्ने,

– पेट गडबडी हुने,

डेंगुको लक्षण देखिएका बिरामीले जटिल अवस्थामा बाहेक सामान्य लक्षण देखिदा झोलिलो पदार्थ र सिटामोल खाएर १० दिन घरमै आराम गर्दा पनि निको हुने डा पुनले बताए ।तर डेंगुको संक्रमण फैलिएको क्षेत्रमा डेंगुका लक्षण देखिएका बिरामीले भने अस्पतालमा पुगेर डेंगु परीक्षण गराउनुपर्ने हुन्छ ।

डेंगु लागेका के गर्ने ?

–डेंगुको लक्षण देखिएमा जथाभावी औषधि तथा एन्टीबायोटिक नखाने,

–झोलिलो खानेकुरा खाने,

–झुलको प्रयोग गर्ने,

–लामो बाहुला भएको कपडा लगाउने,

–घर वरपरको वातावरणमा पानी जम्न नदिने,

– लामखुट्टेको लार्भा विकास हुने स्थानहरु खोजेर नष्ट गर्ने,

–घरायसी प्रयोजन वा पीउनका लागि ड्रम, गाग्री वा अन्य भाडामा राखिएको पानी राम्रोसँग छोपेर राख्ने ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ११ : २६ बजे

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक