ट्राफिक व्यवस्थापन गर्न समिति गठन | Khabarhub Khabarhub

ट्राफिक व्यवस्थापन गर्न समिति गठन


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा दामोदर सिलवाल र पूर्वट्राफिक प्रहरी सीताराम हाछेथु सदस्य रहने समिति गठन गरेको हो ।

महाशाखाले सञ्चालन गरेको तीनमहिने ट्राफिक उज्यालो अभियान, पैदलयात्री सुरक्षा विशेष कार्यक्रम, यात्रुमैत्री अभियान, विशिष्टीकृत सचेतना कार्यक्रम, स्वयंसेवक परिचालनका साथै ट्राफिक लाइटको व्यवस्था, सीसीटीभीलाई निगरानी गर्नका लागि समितिले काम गर्नेछ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चक्रपथभित्र हुने ट्राफिक जामलाई अध्ययन गरी न्यूनीकरण गर्नका लागि समिति गठन गरेको जानकारी दिए ।

चक्रपथभित्रको ट्राफिक व्यवस्थापनका लागि स्थलगत अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वयमा सुझाव पेश गरी ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाइन समितिले काम गर्ने उनको भनाइ थियो ।

महाशाखाले प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलले ट्राफिक व्यवस्थापन सुधारसम्बन्धी ल्याएको अल्पकालीन कार्ययोजनाका कार्यक्रमलाई कार्यान्वयन गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ११ : ०० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन