राष्ट्रपति भण्डारी र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले आज शिष्टचार भेटवार्ता गरेका छन् ।

नेपालको चार दिवसीय भ्रमणका लागि शनिबार काठमाडौं आएका सेनाध्यक्ष स्मिथले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेका थिए ।

सेनाध्यक्ष स्मिथले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गरेका थिए । उनको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्नाका साथै पोखराको अवलोकन गर्नेछन् ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ८ : १७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही