निफ फिल्म फेस्टिभल: जब राजेश हमालको इन्ट्री भयो... | Khabarhub Khabarhub

निफ फिल्म फेस्टिभल: जब राजेश हमालको इन्ट्री भयो…


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कलाकारको खासै सम्मान भएको पाइँदैन । थोरै मात्र त्यस्ता कलाकार छन्, जसलाई देखेपछि नेपाली दर्शकले हुटिङ गर्न थाल्छन् । तीमध्ये एक हुन्, अभिनेता राजेश हमाल ।

लामो समय नेपाली फिल्म उद्योगमा सक्रियता देखाएका हमाल केही वर्षयता भने कुनै फिल्ममा देखिएका छैनन् । यद्यपि हमालको क्रेज भने खस्केको छैन ।

महानायकको उपाधि पाएका हमाल आफ्नो स्टारडम खस्किनेमा पनि उत्तिकै सचेत छन् ।

आइतवार (आज) राजधानीको राष्ट्रिय सभागृहमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) ले आयोजना गरेको राजेश हमालको ‘मेरो कथा’ सेसन हुँदै थियो । दिउँसो १ बजेबाट शुरु हुने भनिए पनि कार्यक्रम निर्धारित समयभन्दा केही ढिला शुरु भएको थियो ।

उपस्थित दर्शकले खासखुस गरिरहेका थिए, ‘हुन त नेपाली समय यस्तै हो तर महानायकको कार्यक्रम त समयमै शुरु भएको भए पनि हुने थियो ।’

लगभग २ बजेसम्म हमाललाई भेट्न हलमा दर्शक आइसकेका थिए । कार्यक्रम प्रस्तोताले कार्यक्रम चलाउँदै हमाललाई निम्ता गरिन् । उनले हमालको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ सहित अन्य केही फिल्मको नाम लिइन् ।

हमालको नाम सम्बोधन हुनासाथ राजेश हमाल कोट पाइन्टमा सजिएर स्टेज टेके । त्यसपछि दर्शकले एकछिन हूटिङ गरे । राजेश हमाललाई देख्दासाथ दर्शकमा थप उत्साह थपिएको थियो । दर्शकले ध्यानपूर्वक राजेश हमालका जीवनका किस्सा सुनिरहेका थिए ।

हमालले पनि आफूले अभिनय गरेको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ मा काम गर्दाको अनुभव र त्यसपछि काम गरेका फिल्म, दर्शकले दर्शाएको मायाका किस्साहरु सुनाए ।

लगभग एक घण्टा आफ्ना कुरा सुनाएका हमाललाई दर्शकले ताली र हूटिङले साथ दिए । उनले नेपाली फिल्मको विकास र आफ्नो फिल्मी करिअरबारे पनि बोले ।

हमालले केही दर्शकले प्रश्न सोध्ने मौका पनि पाएका थिए । हमालले पनि ती प्रश्नको उत्तर दिएका थिए ।

कुनै बेला आफ्नो काँधमा नेपाली फिल्मको गोरेटो बनाउन बलियो खम्बा बनेका हमालको अहिले पनि उस्तै क्रेज छ । उनी लामो समय फिल्मको पर्दामा देखिएका छैनन् । यद्यपि दर्शकले उनलाई कुनै न कुनै माध्यमबाट भने हेर्न पाएका छन् ।

तस्वीरहरू: अर्घेलो थापा/ खबरहब

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : ४५ बजे

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले