मुख्यमन्त्रीले मदिरा खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल | Khabarhub Khabarhub

मुख्यमन्त्रीले मदिरा खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै कार्यकक्षमा मदिरा खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा मुख्यमन्त्री गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्य मन्त्री कार्यालयमा नै मदिरा खाँदै गरेको भन्दै गुरुङको तीव्र आलोचनासहित कमेन्टहरु आएका छन् ।

भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर तथा राष्ट्रिय झण्डा राखिएको मुख्यमन्त्रीको टेबुलमै बसेर गुरुङले रेडलेबुल हुस्कीको चुस्की लिईरहेको देखिन्छ ।

नेकपाका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले टेवलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटो समेत बाहिरिएको छ ।

शनिबार एकाएक सामाजिक सञ्जालमा मुख्यमन्त्रीको भिडियो भाइरल भएसँगै उनको उनको व्यापक आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १० : २४ बजे

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा