संरक्षण क्षेत्रलाई नयाँ तरिकाबाट विकास गरिन्छ : मन्त्री बस्नेत | Khabarhub Khabarhub

संरक्षण क्षेत्रलाई नयाँ तरिकाबाट विकास गरिन्छ : मन्त्री बस्नेत


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- वन मन्त्री एवं अन्नपूर्ण संरक्षण कोषका अध्यक्ष शक्ति बस्नेतले संरक्षण क्षेत्रलाई परिस्कृत एवं परिमार्जन गरी नयाँ तरिकाबाट विकास गरिने बताएका छन् ।

वन मन्त्रालयलले पोखरामा आयोजना गरेको अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन विषयक गोष्ठीमा मन्त्री बस्नेतले संरक्षण क्षेत्रलाई आवश्यकताअनुसार नीति निर्माण गरेर स्थानीयवासीले अनुभूति गर्नेगरी उपयोग गरिने बताए ।

मुलुक सङ्घीय प्रणालीमा गए पनि संरक्षण क्षेत्र परम्परागत तरिकाले सञ्चालन भई रहेको बताउँदै उनले संविधानप्रदत्त अधिकार उपयोग गर्नेगरी प्राकृतिक स्रोत साधनमा जनताको हक अधिकारको सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ का लागि प्राकृतिक स्रोत साधानलाई भरपुर उपयोग गरिनेमा जोड दिँदै उनले अन्नपूर्ण संरक्षण क्षेत्रको प्राविधि सहयोग, सङ्घ र प्रदेशको अनुगमन तथा स्थानीय तहको व्यवस्थापन वर्तमानको आवश्यकता भएको बताए ।

नेपाल प्राकृतिक साधन स्रोतमा सम्पन्न भए पनि त्यसको समुचित उपयोग हुन नसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले सरकारको विकासको लक्ष्य सफल बनाउन पनि यी स्रोतको बहुपयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनालाई अहिलेनै खारेज गर्नुभन्दा पनि जनताका अधिकारलाई स्थापित गर्दै संरक्षण क्षेत्रको व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ९ : २३ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको