स्वास्थ्य मन्त्रीकै निर्देशन पत्र म्याद सकिँदा समेत सम्बन्धित कार्यालयमा नपुगेपछि... | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रीकै निर्देशन पत्र म्याद सकिँदा समेत सम्बन्धित कार्यालयमा नपुगेपछि…

विदामा बस्ने कर्मचारीको विवरण खोज्न पुनः ७ दिनको म्याद थप


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै केन्द्रीय सरकार मातहतमा रहेका अस्पतालको अनुगमनमा हिडे।

अस्पतालहरुको सेवा प्रवाहको अवस्था तथा गुनासो सुन्दै मन्त्री ढकाल केन्द्रीय मातहतका सबै विभाग तथा अस्पतालहरुमा पग्ने गरेका छन् । सो क्रममा उनले अस्पतालहरुका समस्या मात्र सुननेन् । सबै विभाग तथा अस्पतालमा उनले त्यहाँका प्रमुखलाई सोधे, ‘तपाईको अस्पतालका कति डाक्टर छन् ? ती मध्ये हाल कति बिदामा छन् ? कतिले नियमित सेवा पाइरहेका छन् ?’

मन्त्री ढकालले सबै अस्पतालमा यो प्रश्न गरे पनि त्यसको चित्तबुझ्दो उत्तर अस्पतालका निर्देशकले दिएनन् । मन्त्री ढकालले केही समय अघि कान्ति बाल अस्पतालको अनुगमनको क्रममा पनि अस्पतालका निर्देशक डा विच्छालाई त्यहि प्रश्न सोधेका थिए । तर, अस्पतालका निर्देशक डा आरपी विच्छाले गतिलो उत्तर दिन सकेनन् ।

मन्त्री ढकालले अस्पतालमा कार्यरत चिकित्सकको विवरण वैज्ञानिक नभएको भन्दै वेबसाइटमा डाक्टरको पूर्ण विवरण राख्न निर्देशन दिए ।

‘अब सबै सरकारी अस्पतालमा वेबसाइट बनाएर कुन अस्पतालमा कति डाक्टर छन् ? कति समयदेखि काम गरिरहेका छन् ? कुन समयसम्म अस्पतालमै हुन्छन् भनेर त्यो वेबसाइटमा राख्नुपर्छ,’ मन्त्री ढकालले भने, ‘त्यसो भयो भने बिरामी आफूले चाहेको डाक्टरसँग उपचार गराउन पाउने अधिकार पनि उपभोग गर्न पाउँछन् ।’

मन्त्री ढकालले कान्ति अस्पतालकै सो कार्यक्रमा प्रायः सरकारी अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरु लामो समय बिदामा रहेको पाइएको भन्दै बिदाको विषयमा पनि ‘सिस्टम’ बनाउन आवश्यक रहेको बताएका थिए । जसले गर्दा सरकारी अस्पतालमा नर्स र डाक्टरको अभाव देखिएको उनको तर्क थियो ।

‘सरकारी अस्पतालमा मैले देखेको अर्को समस्या अध्ययन र बिदाको विषयमा स्वास्थ्य क्षेत्र उदार रहेको छ, बिदा नै नबस्ने भन्ने होइन  । तर कति प्रतिशत कर्मचारी बिदामा बस्ने ?,’ मन्त्री ढकालले प्रश्न गरे, ‘सेवाप्रदायक संस्थामा यति धेरै संख्यामा जनशक्ति बिदामा बस्दा उपचार गर्न आउने विरामीलाई पर्खनुस् डाक्टर अध्ययन विदाबाट आएपछि पालो आउछ भन्ने ? त्यसैले विदाको विषयमा पनि सिस्टम गर्नुपर्छ ।’

मन्त्री ढकालले सरकारी अस्पतालमा भएका जनशक्तिमध्ये कति जनशक्तिले बिरामीको सेवा गरिरहेका छन् भन्ने तथ्यांक नपाएपछि यसमा कडा नीति बनाउने मनसाय बनाए ।

सबै अस्पतालमा पुगेर कर्मचारीको विवरण वेबसाइटमै राख्न निर्देशन दिए पनि सरकारी अस्पतालका वेबसाइटमा मन्त्री ढकालको निर्देशन पालना भएन ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा सचिव तथा कर्मचारी प्रशासन शाखाका सम्बन्धित व्यक्तिहरुसँग छलफल नै गरी ६० दिन सम्म पनि कार्यालयमा हाजिर नभएका कर्मचारीको विवरण संकलन गर्न दिर्नेशन दिए ।

स्वास्थ्य मन्त्री ढकालको निर्देशनपछि प्रशासन शाखाले स्वास्थ्य मन्त्रालय मातहतका सबै विभाग तथा अस्पताललाई ६० दिनसम्म कार्यालयमा हाजिर नभएका कर्मचारीको विवरण पठाउन पत्र तयार पार्‍यो ।

शाखाले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आगयुर्वेद तथा वैकल्पिक व्यवस्था विभाग तथा प्रतिष्ठान, अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबै मातहतका कार्यलयहरुलाई कार्यलयमा अनुपस्थित कर्मचारीको विवरण पठाउन निर्देशन पत्र  तयार पारेको थियो ।

सो पत्रमा ६० दिनसम्म कार्यलयमा अनुपस्थित हुने कर्मचारीको नाम, थर, कर्मचारी संकेत नम्बर, पद र अनुपस्थित भएको मिति उल्लेख गरी ७ दिनभित्र उनीहरुको विवरण स्वास्थ्य मन्त्रालय पठाउनु भनेर उल्लेख थियो । स्वास्थ्य मन्त्रालयको कर्मचारी शाखाले सो पत्र पुस २५ गते सबै कार्यालयहरुलाई हुलाक मार्फत पठायो ।

स्वास्थ्य मन्त्रालयले पुस २५ गते आफु मातहतका कार्यालयलाई पठाएको पत्र

स्वास्थ्य मन्त्रालयले कार्यालयमा हाजिर नहुने कर्मचारीको विवरण ७ दिन भित्र पठाउनु भनेर दिएको म्याद  विहीबार (आज) सकियो । तर, स्वास्थ्यमन्त्रालयमा कुनै पनि कार्यालयबाट अनुपस्थित कर्मचारीको विवरण आएन ।

स्वास्थ्य मन्त्रालय मातहतमा ६० दिनसम्म हाजिर नगर्ने कर्मचारी नभएर विवरण नआएको भने होइन । कारण भने अर्कै छ ।  ७ दिनभित्र विवरण पठाउनु भनेर स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पत्र ७ दिनसम्म पनि सम्बन्धित कार्यालयमा नपुगेपछि विवरण उलपब्ध नभएको मन्त्रालयका एक कर्मचारीले बताए ।

‘स्वास्थ्य मन्त्रालयले ६० दिनसम्म हाजिर नहुने कर्मचारीको विवरण ७ दिनभित्र पठाउनु भनेर निर्देशन पत्र हुलाकमाफर्त पठाएको थियो,’ स्रोतले खबरहबसँग भन्यो, ‘तर पत्राचार गरेको ७ दिन पुगे पनि कार्यालयहरुबाट त्यसको विवरण आएन, खासमा समस्या के भएछ भने मन्त्रालयले हुलाकमाफर्त पठाएको पत्र सम्बन्धित कार्यालयमै पुगेको रहेनछ ।’

स्वास्थ्य मन्त्रालयले हुलाकमार्फत दिएको ७ दिने म्याद सहितको निर्देशन पत्र समयमा नपुगेपछि पुनः आज ७ दिनको म्याद थप गरेर (बिहीबार) इमेलमार्फत पत्राचार गरेको स्रोतले बतायो ।

‘मन्त्रालयले सम्बन्धित कार्यालयहरुको इमेल संकलन गरेर आज फेरी ७ दिनको म्याद थप गरेर ६० दिनसम्म पनि हाजिर नभएका कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ,’ स्रोतले खबरहबसँग भन्यो, ‘यो पटक इमेलबाट पत्राचार भएकाले अब चाँही ७ दिनसम्ममा विवरण आउँछ होला ।’

स्वास्थ्य सेवाका कर्मचारीहरु विभिन्न कारण देखाउँदै लामो समयसम्म बिदामा बस्ने गरेका कारण विवरण संकलन गर्न थालिएको मन्त्रालयका एक कर्मचारीले बताए ।

‘हामीकहाँ समस्या धेरै छन् । अध्ययन, बेतलवी लगायत विभिन्न प्रकारका बिदामा स्वास्थ्यसेवाका कर्मचारीहरु बस्छन्, त्यसको विवरण मन्त्रालयमा हुन्छ तर उनीहरुको बिदा सकिएपछि काममा फर्किए वा फकिएनन् भन्ने कुरा मन्त्रालयलाई नै जानकारी आउँदैन,’ उनले खबरहबसँग भने, ‘त्यो रेकर्ड मन्त्रालयमा नआउने हुँदा स्वास्थ्य मन्त्रीज्यूको  निर्देशन अनुसार कर्मचारी विवरण संकलन गर्न लागिएको हो ।’

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ७ : ४८ बजे

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।