रुसी राष्ट्रपति पुटिनद्वारा नयाँ प्रधानमन्त्री नियुक्त | Khabarhub Khabarhub

रुसी राष्ट्रपति पुटिनद्वारा नयाँ प्रधानमन्त्री नियुक्त


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएपछि पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

पुटिनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ ।

“भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उनलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गरेका छन्,” क्रेमलिनद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

पुटिनको आग्रहलाई मिखाइलले स्वीकार गरेपछि उनलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन् । राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका थिए ।

मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताएका थिए ।

पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ ।

“वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजीनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ” मेदभेदेवले भने ।

प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएपछि राष्ट्रपति पुटिनले उनलाई धन्यवाद र आभार व्यक्त गरेका छन्, “मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपार्इँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हासिल गरेका नतिजाहरूप्रति आभारी पनि छु ।”

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  १ : ४९ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को