कांग्रेस वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता | Khabarhub Khabarhub
Logo
८ फाल्गुन २०७६, बिहीबार

कांग्रेस वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता



काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहका बीचमा भेटवार्ता भएको छ ।

स्वास्थ्य उपचारका लागि सोमवार भारतको नयाँ दिल्ली पुगेका पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्षसमेत रहेका सिंहसँग बुधवार नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।

साथै पौडेल र सिंहका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको थियो ।


भर्खर

0