जाडोमा यी फलफूलले पुर्‍याउँछ फाइदा, लाग्दैन चिसो | Khabarhub Khabarhub

जाडोमा यी फलफूलले पुर्‍याउँछ फाइदा, लाग्दैन चिसो


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा चिसो मौसममा फलफूल खान नुहने धारणा राख्छन् । चिसो मौसममा फलफूल खाएमा चिसो लाग्छ भनेर केहिले जाडो मौसममा फलफुल खादैनन् ।

चिकित्सकले बिरामीलाई तातोपानीमा भिजाएर भए पनि फलफूल खान सल्लाह दिन्छन् । फलफूलमा हुने भिटामिनले हामीलाई चिसो मौसममा हुनसक्ने रोगका सम्भावनाबाट बचाउँने गर्दछ । तसर्थ, जाडो मौसममा यी फलफूल खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

१. स्याउ

दैनिक एउटा स्याउ खादाँ हामीले १० मिलिग्राम भिटामिन ‘सी’ प्राप्त गर्दछौ । भिटामिन ‘सी’ले भाइरससँग लड्ने क्षमता राख्दछ । तसर्थ चिसो मौसममा हुन सक्ने भाइरसको प्रभावबाट शरीरलाई बचाउन दैनिक एक स्याउ खानु निकै लाभदायक मानिन्छ । स्याउ खाँदा मुटुसम्बन्धी रोगबाट बचाउनुका साथै क्यान्सरबाट पनि बचाउँछ ।

२. मेवा

मेवामा भिटामिन ‘ए’ सहित भिटामिन सि पाइन्छ । भिटामिन ‘ए’ आँखाका रोगहरुका लागी निकै उपयोगी हुन्छ भने भिटामिन ‘सी’ले शरीर सुन्निने रोगमा पनि लाभ गर्दछ ।

३. अंगुर

नियमित अंगुरको सेवन गर्नेहरुमा भिटामिन ए, सी सहित क्याल्सियम, आइरन र म्याग्नेसियम पाइन्छ । यी सबै पोषण शरीरका लागी लाभदायक माािन्छ । साथै अंगुरमा कोलस्ट्रोल घटाउने तत्वहरू समेत पाइन्छ । रातो अंगुरले क्यान्सर विरुद्ध लड्ने क्षमता बनाउँदछ ।

४. केरा

भिटामिन ‘बी’को राम्रो श्रोत मानिने केराको सेवनले शरीरको थकान, मानसिक रोग, तनाव र अनिन्द्रा हटाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । केराको सेवनले हाड बलियो हुनुका साथै मुटु रोगबाट पनि बचाउछ । केराको सेवन गर्दा उच्च रक्तचापबाट समेत बचाउँछ ।

५. सखरखण्ड

पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइने सखरखण्डमा भिटामिन ‘इ’ समेत पाइन्छ । यसले रक्तकोषलाई मर्नबाट बचाउँछ । सखरखण्ड बाहेक आलुमा समेत भिटामिन इ पाइन्छ । भिटामिन ‘इ’ले शरीरमा प्रतिरक्षात्मक प्रणाली मजबुद बनाउँछ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ५ : ४५ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।