विप्लव समूहले बालुवाटारमा राखेको बम सेनाद्वारा निष्कृय | Khabarhub Khabarhub
Logo
१२ फाल्गुन २०७६, सोमबार

विप्लव समूहले बालुवाटारमा राखेको बम सेनाद्वारा निष्कृय



फाइल तस्वीर

काठमाडौं– प्रतिबन्धित विप्लव समूहले बालुवाटारस्थित ललिता निवासमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको टोलीले गएराति ११ बजे बम निष्कृय पारेको हो ।

विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो । विप्लव समूहले विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो ।

ललिता निवास जग्गा व्यक्तिको नाममा खरिदबिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले नागार्जुन-१ नर्सरीचोकस्थित शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो ।


भर्खर

0