चीनले बनायो ३० फुटबल मैदान बराबरको टेलिस्कोप, खोज्नेछ अन्य ग्रह र एलियन ! | Khabarhub Khabarhub

चीनले बनायो ३० फुटबल मैदान बराबरको टेलिस्कोप, खोज्नेछ अन्य ग्रह र एलियन !


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विज्ञान र प्रविधिको क्षेत्रमा दिन प्रतिदिन नयाँ नयाँ आविष्कार हुने गरेका छन् । वैज्ञानिकहरु नयाँ–नयाँ खोज र उपकरणको आविष्कारमा निरन्तर लागि परेका छन् । सोही अनुरुप छिमेकी मुलुक चीनले विश्वको सबैभन्दा ठूलो टेलिस्कोप निर्माण भएको छ ।

चिनको गोञ्झाउ प्रान्तको पहाडमा निर्माण भएको सो रेडियो टेलिस्कोप २० वर्षको अथक प्रयासपछि निर्माण सम्पन्न भएको हो । करिव तीन वर्ष लामो परीक्षण पश्चात चीनले निर्माण गरेको विश्वको सबैभन्दा ठूलो टेलिस्कोप अब प्रयोगमा ल्याइनेछ ।

सन् २०१६ को सेटेम्बरदेखि नै उक्त टेलिस्कोपको परीक्षण थालिएको हो । यस टेलिस्कोपलाई अन्तरीक्षको आखाँ समेत भनिएको छ । यसको निर्माणमा अमेरिका, बेलायत र पाकिस्तान सहित १० देशका वैज्ञानिकले सहयोग गरेका छन् । यो टेलीस्कोपले एक सेकण्डमा ३८ गीगाबाइट (जीबी) डाटा जुटाउने क्षमता राख्ने बताइएको छ ।

यस टेलीस्कोपको नाम ‘फाइभ हन्ड्रेड मीटर अपर्चर स्फेरिकल रेडियो टेलीस्कोप’ अर्थात तीव्र टेलिस्कोप राखिएको छ । यो टेलीस्कोपको आकार ३० वटा फुटबल मैदान भन्दा ठूलो रहेको छ । यसको अन्तरिक्ष अनुपात ४ गुण बढि छ । हालसम्म यस टेलिस्कोपले ४४ वटा तिव्र गतीमा घुम्ने ताराको खोज गरिसकेको छ ।

विश्वको सबैभन्दा ठूलो र संवेदनशील मानिएको सो रेडियो टेलीस्कोपले अन्तरिक्षमा रहेका अन्य प्राणीको खोज गर्ने जनाइएको छ । वैज्ञानिकहरुले यो टेलिस्कोपको सहायतलो अन्य ग्रह तथा ग्रहमा रहेका एलियनको खोज गर्नेछन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : ४५ बजे

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको