गौतम बुद्ध कपको उपाधि राप्तीलाई | Khabarhub Khabarhub

गौतम बुद्ध कपको उपाधि राप्तीलाई


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमूना मैदानमा भएको गौतमबुद्ध टी २० क्रिकेटको उपाधि राप्तीले उचालेको छ ।

१४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाएपछि राप्ती ९ रनले विजयी भएको हो ।

नारायणीका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए पनि टिमको जितका लागि भने प्रयाप्त भएन । यस्तै, इशान पाण्डे र रित गौतमले समान २७/२७ रन बनाए । नारायणीलाई १३४ मा रोक्न राप्तीका लागि अविननाश बोहोराले तीन विकेट लिए भने भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमल सिंह ऐरीले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राप्तीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । मंगलबार भएको फाइनलमा नमुना मैदानमा उत्कृष्ट सुरुवात गरेको राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए । यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १८ र शरद भेषवाकरले १० रन बनाए ।

राप्तीलाई रोक्न नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे । नमूना मैदान खेल्न योग्य भइसहेको सन्देश दिन यो प्रतियोगिता आयोजना गरिएको हो । जसमा बाग्मती, नारायणी र राप्ती गरि तिन टोलीमा विभाजन गरिएको थियो ।

जसमा बाग्मतीको टीम यसअघि नै लगातार हार व्येहोर्दै सिरिजबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : १० बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा