अमेरिकामा कोरोनाविरूद्धको पहिलो खोप नर्सलाई | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाविरूद्धको पहिलो खोप नर्सलाई


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा कोरोनाविरूद्धको पहिलो खोप नर्सलाई लगाएर खोप अभियान थालिएको छ ।

न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्सलाई खोप लगाएर खोप अभियान सुरु गरिएको हो । सान्ड्रा लिन्ड्से, अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति भएकी छन् ।

उनलाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो ।

फाइजर–बायोएनटेकको झन्डै तीस लाख खोप अमेरिकाभर वितरण गर्न लागिएको छ । त्यहाँका झन्डै एक सय ५० वटा अस्पतालहरूले सोमबारसम्ममा खोप पाइसकेका छन् ।

आउँदो अप्रिलसम्म अमेरिकामा १० करोड मानिसलाई खोप दिइने अपेक्षा गरिएको छ ।

फाइजर–बायोएनटेक खोपले गत शुक्रबार अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट आकस्मिक प्रयोगका लागि स्वीकृति दिएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १२ : ३५ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्