कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण | Khabarhub Khabarhub

कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ ।

कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुम प्रयोगशालामा पिसीआर विधिबाट कोरोनाको परीक्षण हुने गरेको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतबाट ४० हजार ५८ जनाको परीक्षण भएको छ ।

महाशाखाका अनुसार जुम्लाबाट २७ हजार ९५५, दैलेखबाट छ हजार ८२५ र चौरजहारीबाट १० हजार ३५०, भेरी अस्पताल बाँकेबाट ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १७, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट दुई र कमलबजार प्रयोगशाला अछामबाट ८९ जनाको पिसीआर परीक्षण गरिएको छ ।

महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा हालसम्म सात हजार ११३ जना सङ्क्रमित भएको उल्लेख छ । कर्णालीबाहेक अन्य प्रदेशका ५५० र भारतीय नागरिक पाँचसमेत गरी कूल सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको हो ।

त्यस्तै कोरोनामुक्त हुनेको सङ्ख्या छ हजार ६५७ रहेको छ । कर्णाली प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९४ रहेको तथा मृत्यु हुनेका सङ्ख्या २२ रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : ४० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न