मेस्सी र रोनाल्डोसहितको बालन डी अर ड्रिम टिम घोषणा | Khabarhub Khabarhub

मेस्सी र रोनाल्डोसहितको बालन डी अर ड्रिम टिम घोषणा


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल अनलाइन पोलमार्फत् बालन डि अर ड्रिम टिम घोषणा गरिएको छ ।

सर्वकालिन उत्कृष्ट फुटबलरका लागि फ्रान्स फुटबलले सुरु गरेको भोटिङ पोलमा अहिले सक्रिय फुटबलमध्ये अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्ट्सका क्रिष्टियानो रोनाल्डो अटाएका छन् ।

उक्त टिमको फर्मेसन ३–४–३ रहेको छ । जसमा विश्व फुटबलमा अहिलेसम्मका महान फुटबलरहरु समावेश भएका छन् । ड्रिम टिममा अहिलेसम्मका सबैभन्दा उत्कृष्ट खेलाडीको स्थान भने रुसका लेभ यासिनले सुरक्षित गरेका छन् । उनले सन् १९५४ देखि १९७० सम्म गरि सोभियत युनियनका लागि ७४ खेल खेलेका थिए ।

रक्षापङ्तीमा इतिहासकै सबैभन्दा उत्कृष्ट फुटबलमा काफु, फ्रान्ज बेकेनबाउएर र पाउलो माल्दिनीले भोट पाएका छन् ।

यस्तै, डिफेन्सिभ मिडफिल्डमा जाभि हेर्नान्डेजले सबैभन्दा बढी भोट पाउँदा लोथर माथ्युसले उनीभन्दा केही कम भोट पाएका छन् भने अट्याकिङ मिडफिल्डमा विश्व विजेताद्वय डियागो म्याराडोना र पेलेले स्थान बनाएका छन् ।

फरवार्डमा भने विश्वकप २००२ ब्राजिललाई जिताउन सघाएका रोनाल्डो छन् । उनीसँगै ६ पटकका बालन डिओर , ६ पटक गोल्डेन बुट, ४ पटक च्याम्पियन्स लिग जितेका मेस्सी छन् भने साथमा ५ पटक बालन डिओर, ५ पटक च्याम्पियन्स लिग उपाधि हात पारेका क्रिष्टियानो रोनाल्डो छन् ।

यस्तो छ ड्रिम टिम

गोलरक्षक – लेभ यासिने

डिफेन्डर – काफु, फ्रान्ज बेकेनबाउएर र पाउलो माल्दिनी

मिडफिल्डर – जाभि, लोथर माथ्युस, डियागो म्याराडोना, पेले

फरबार्ड – लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र रोनाल्डो

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ८ : ३५ बजे

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त