डा. भट्टराई दम्पती केही दिन अझै होम आईसोलेसनमै रहने | Khabarhub Khabarhub

डा. भट्टराई दम्पती केही दिन अझै होम आईसोलेसनमै रहने


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ ।

डा. भट्टराईले आज सामाजिक सञ्जालमार्फत आफू र श्रीमती हिसिलाको पछिल्लो स्वास्थ्य स्थितिबारे यस्तो जानकारी दिएका हुन्।

उनकाअनुसार स्वास्थ्य सुधारोन्मुख देखिए पनि अझै स्वीकृत मापदण्ड अनुरुप सिटी स्कोर नदेखिएकोले केही दिन थप होम आईसोलेसनमा रहनुपर्नेछ ।

उनले ट्विटरमा लेखेका छन्,”पछिल्लो स्वाब परीक्षणमा हाम्रो स्वास्थ्य स्थिति निकै सुधारोन्मुख देखिए पनि अझै स्वीकृत मापदण्ड अनुरूप CT score नदेखिएकाले केही दिन थप होम आइसोलेसनमा रहनेछौं। असुबिधाको निम्ति सम्बन्धित सबैसंग क्षमाप्रार्थी छौं।”

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : २९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन