कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण) | Khabarhub Khabarhub

कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ।

गत २४ घण्टामा मात्र १ हजार ४७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ५६५ महिला र ९१२ पुरुष छन्।

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा ४, झापामा २२, ताप्लेजुङमा ८, तेह्रथुममा ७, धनकुटामा ६, भोजपुरमा २, मोरङमा ३१, संखुवासभामा २, सोलुखुम्बुमा १३ र सुनसरीमा २६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १, बारामा ३, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा ४, सर्लाहीमा २ र सिरहामा ५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ३२ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ४, चितवनमा ३६, दोलखामा ५, धादिङमा ९, नुवाकोटमा ४४, भक्तपुरमा ४२, मकवानपुरमा ५, रसुवामा ३, ललितपुरमा १ सय ३३ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा ४, तनहुँमा ६, नवलपरासी पूर्वमा ८, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुका १७, गुल्मीका २२, दाङका ६४, नवलपरासीका १६, पाल्पाका २२, प्यूठानका १०, बर्दियाका ६, बाँकेका २८, रोल्पामा २ र रुपन्देहीका ९१ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ६, रुकुम पश्चिममा २, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, बझाङमा ६ र बैतडीमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ५ : २५ बजे

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर