काठमाडौं उपत्यकामा थपिए ८०७ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ८०७ कोरोना संक्रमित


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ कोरोना संक्रमित  थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार संक्रमण पुष्टि हुनेमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।

देशभर आइतबार संक्रमित पुष्टि हुनेमा १ हजार ४७७ जना रहेका छन् । २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । २ हजार ७९८ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९ हजार ७९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ४७६ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ५ : ०४ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो