हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु सल्बलाए : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु सल्बलाए : मुख्यमन्त्री पोखरेल


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताहरु सल्बलाएको बताएका छन्।

दाङको तुलसीपुर ४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकार फेरपछि केही पाइन्छ कि भनेर सरकार फेर्न लागेको दाबी गरे। उनले सरकार बदल्नु जनताको हितमा नरहेकोसमेत बताए।

उनले भने –‘यो देशमा धेरै सरकारहरु बदलिए । सरकार बदलिनु जनताको हितसँगको कुरा हो न त राष्ट्रको हितको कुरा हो।’

मुख्यमन्त्री पोख्रेलले देशमा संविधान जारी भएपछि ३ वर्षमा धेरै प्रगति भएको भन्दै राम्रो गरिरहेको अवस्थामा ‘यो पनि भएन, त्यो पनि भएन’ भन्ने कुरा अस्थिरतामा खेल्न चाहनेहरुको खेल भएको दाबीसमेत गरे।

उनले भने, ‘नेपाली जनता स्थायित्वको पक्षमा छन्। अहिले देशमा विगतका तुलनमा धेरै प्रगतिहरु छन्। अझ धेरै राम्रो गर्नु पर्नेछ। त्यसका लागि सबै साझेदार बन्नु पर्दछ।’

उनले देश बनाउने काम सरकारको मात्रै हो भनेर छोड्ने काम नगर्न आग्रह गर्दै सबै ठाउँका जनताले हाम्रो काम भनेर गरेपछि त्यहाँ सरकार जोडिने र देशको विकास हुने बताए।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : ५७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न