इजिप्ट र सुडानले सुरू गरे संयुक्त सैन्य अभ्यास | Khabarhub Khabarhub

इजिप्ट र सुडानले सुरू गरे संयुक्त सैन्य अभ्यास


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् ।

सैन्य अभ्यासले नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै जाने अपेक्षा गरिएको छ ।

गत वर्ष सुडानी राष्ट्रपति ओमार अल–बसिरको सत्ता पतन भएयता पहिलो पटक दुबै मुलुकका कमान्डो सैनिक र लडाकू बिमानसहित संयुक्त सैन्य अभ्यास भइरहेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुडानलाई आतंकवाद–प्रश्रय मुलुकको सूचीबाट हटाएको एक महिनापछि नै इजिप्ट र सुडानबीच संयुक्त सैन्य अभ्यास भएको हो ।

अमेरिकी यस कदमपछि सुडानलाई अन्तर्राष्ट्रिय जगतसँग पुनः सम्बन्ध गाँस्न सहज भएको थियो ।

अमेरिकी कदमसँगै सुडानले इजरायलसँग पनि सम्बन्ध गाँसेको थियो ।

इजिप्टको सेनाले एक वक्तव्य प्रकाशन गरी ‘नाइलको इगल–१’ नाम दिइएको यस संयुक्त सैन्य अभ्यास सुडानमा भइरहेको र यो आगामी नोभेम्बर २६ सम्म जारी रहने बताएको छ ।

सैन्य अभ्यासका क्रममा योजना निर्माण, खोज तथा उद्धार अभियानमा कमान्डो समूहको परिचालन समेटिएको सैन्य वक्तव्यमा उल्लेख छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीको सरकारले दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध सुदृढ गर्न पछिल्लो समय विशेष महत्व दिएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : १७ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र