हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त | Khabarhub Khabarhub

हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् ।

संक्रमणपछि झण्डै दुई हप्ता अस्पताल बसेका  गजुरेल आज अस्पतालबाट डिस्चार्ज भएका हुन्।

‘११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु ।’ उनले फेसबुकमा लेखेका छन्, ‘कोभिड-१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।’

गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपीएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

उनले सकेसम्म यो महामारीबाट जोगिन र अरुलाई पनि जोगाउन अनुरोध गरेका छन्।

कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेल निमोनिया भएपछि  सशस्त्र प्रहरी कोभिड अस्पताल बलम्बुमा भर्ना भएका थिए।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ३ : १० बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन