ट्रम्पका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडप « Khabarhub

ट्रम्पका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडप


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चुनावी परिणामका विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीबीच झडप भएको छ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने ट्रम्पको दाबीको समर्थनमा भएका र्‍यालीमा झडप भएको हो ।

वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना व्यक्तिलाई छुरा हानिएको बीबीसीले जनाएको छ ।

ट्रम्प समर्थक र्‍यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए । त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए।

राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जितलाई आधारहीन र अमान्य भन्दै आएका छन्। उनले चुनावमा भएको पराजय अस्वीकार गर्दा उनका समर्थनमा र्‍याली निस्कन थालेका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  २ : ५३ बजे

रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे

काठमाडौं– रुसी फौजविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेनी सैनिक रुसको सीमासम्म पुगेका

वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे

काठमाडौं- वैज्ञानिकहरूले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् ।

रसुवाको २४ वडाको मत परिणाम सार्वजनिक, १२ एमाले र ११ वडामा कांग्रेस विजयी  

रसुवा– स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ

सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडु

महेन्द्रनगर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडुले सुख्खाबन्दरगाह र औद्योगिक

संसद्को भोलिबाट ११ औँ अधिवेशन सुरु हुने, यस्तो छ प्रतिनिधिसभाको कार्यसूची 

काठमाडौं- संघीय संसद्को ११ औँ अधिवेशन मंगलबारबाट सुरु हुँदै छ