अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानको हत्या गरी सत्ता हातमा लिने प्रयास | Khabarhub Khabarhub

अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानको हत्या गरी सत्ता हातमा लिने प्रयास


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानको हत्याको प्रयास गरिएको छ । अर्मेनिया पूर्व अधिकारीहरुको समूहले पाशिन्यानको हत्या गर्ने र शक्ति आफ्नो हातमा लिने प्रयास गरेको अर्मेनियाको नेशनल सेक्युरिटी सर्भिस (एनएसएस)ले दाबी गरेको छ ।

अर्मेनियामा गत मंगलबारदेखि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै हजारौंले प्रदर्शन गरिरहेका छन् ।

अजरबैजानसँगको विवादित भूमि नागोर्नो काराबखबारे जारी युद्धपछि भएको युद्धविराम सम्झौतामा आपत्ति जनाउँदै प्रदर्शनकारीहरुले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् । ६ सातासम्म चलेको उक्त युद्धमा अर्मेनियाले उक्त विवादित भूमिको केही स्थानको नियन्त्रण गुमाएको बताइएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्व प्रमुख अर्टुर वनेत्स्यानसहित तीनजनालाई नियन्त्रणमा लिइएको एनएसएसले बताएको छ । पक्राउ गरिएकाहरुले पाशिन्यानको हत्या गर्ने प्रयास गरेको र शक्ति आफ्नो हातमा लिने दाउ रहेको एनएसएसले जनाएको छ ।

गत साता पाशिन्यानले आफ्नो नियन्त्रणमा रहेका अझै अरु भूमिहरु नगुमाउन आफूसँग रुसले गराएको यो सम्झौतामा हस्ताक्षर गरेको बताएका थिए ।

नागोर्नो काराबख अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भूमि भए पनि यो क्षेत्रमा अर्मेनियाको नियन्त्रण रहँदै आएको छ । उक्त विवादित क्षेत्रमा यतिबेला दुई हजार रुसी शान्ति सेना परिचालन गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १२ : ३८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६