अस्पतालबाट डिस्चार्ज भए मनोज गजुरेल | Khabarhub Khabarhub

अस्पतालबाट डिस्चार्ज भए मनोज गजुरेल


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) संक्रमित भएर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हास्यकलाकार मनोज गजुरेल  डिस्चार्ज भएका छन् ।

उनले आफू डिस्चार्ज भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी  दिएका हुन् ।

गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता उनी होम आइसोलेसनमा बसेका थिए । पछि उनको स्वास्थ्यमा समस्या आएपछि  उनी बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका थिए ।

उनले आफ्नो फेसबुक पेजमा आइतबार लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु ।’

साथै उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ५५ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध