बादलले ढाकेपछि थप मनमोहक देखिन्छ मानहुँकोट डाँडा (फोटो फिचर) | Khabarhub Khabarhub

बादलले ढाकेपछि थप मनमोहक देखिन्छ मानहुँकोट डाँडा (फोटो फिचर)



मानहुँकोट – तनहुँको मानहुँकोट यतिबेला चर्चामा छ ।

कोरोना कहरले विश्व आक्रान्त भई आम नेपालीलाई अत्यावश्यक काम नपरी घरबाहिर नजान सरकारले बारम्बार भनिरहँदा मानहुँकोटको डाँडामा हिजोआज हरेक दिन बिहानैदेखि हजारौं मान्छेहरु लाम लागेका देखिन्छ ।

तनहुँको ब्यास नगरपालिका ५ स्थित मानहुँकोट डाँडामा न त यहाँ कुनै मठ मन्दिर छ, न कुनै भौतिक संरचना नै ।

तर तनहुँको सदरमुकाम दमौलीमा घाम छेक्ने नाङ्गो डाँडा मानहुँकोटमा कोरोना संक्रमणको उच्च जोखिम मोलेरै भए पनि मानिसको लर्को लाग्ने गर्छ ।

समुद्र सतहदेखि करिब २३ सय मिटर उचाइमा रहेको मानहुँकोट यसअघि मगरबस्तीका रुपमा चिनिन्थ्यो । पानीको अभावले गर्दा बस्ती विस्थापित हुँदै गयो ।

खाल्डो खनेर पोखरीमा जम्मा गरेको पानी खानुपार्ने बाध्यता थियो मानहुँकोटबासीलाई । मानहुँकोट डाँडा आसपास अहिले ७ घर मात्रै बाँकी छन ।

अहिले पनि कुनै पनि सुविधा पाउन नसकेको मानहुँकोट डाँडामा दशैं अवधिमा धेरै मानिसले अवलोकन गरे । मानिसहरुको बढ्दो चहलपहललाई देखेर ब्यास नगरपालिका मात्र होइन, देशैभरीका पर्यटन ब्यवसायीहरु चित परे ।

बास्तवमा त्यहाँबाट सेताम्मे देखिने अन्नपूर्ण र मनास्लु हिमाल नै यहाँको आकर्षण बनेको हो । यतिबेला मानिसहरु त्यही हिमालको दृश्यावलोकन गर्न मानिसहरु त्यहाँ पुगे । हिमालको मनमोहक दृष्यले मात्र नभएर दमौलीलाई कुहिरोले ढाकेको दृष्य पनि उत्तिकै आकर्षित बन्ने गरेको छ ।

व्यास नगरपालिकास्थित पृथ्वी राजमार्गको चापाघाटबाट ६ किलोमिटरको दूरीमा रहेको रहेको मानहुँकोटमा आन्तरिक पर्यटकको अत्याशित चाप बढेपछि नगरपालिकाले उक्त ठाउँमा जग्गा किनबेचमा रोक लगाएको छ ।

कोरोना संक्रमणका कारण दैनिक ३ सय भन्दा बढी मान्छे प्रवेश गर्न रोक लगाउने नगरपालिकाले निर्णय गरे पनि अहिले पनि दैनिक हजार मानिसहरु पुग्ने गरेको बताइन्छ ।

मानहुँकोटलाई पर्यटन प्रवर्द्धन गर्न भन्दै नगरपालिकाले पूर्वाधार निर्माण कार्य तीब्र बनाएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेका अनुसार डाँडामा ३७ लाख लगानीमा भ्यू टावर तथा शौचालय र खानेपानीको ब्यवस्था गरिँदैछ भने सडक कालोपत्रे गर्ने काम पनि अघि बढाइएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मानहुँकोटमा पूर्वाधार निर्माणका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

एक्कासी सो क्षेत्रमा दैनिक मानिसहरुको भीड बढ्न थालेपछि  नवलपुरबाट पुगेका निरज तिमिल्सिनाले भने– ‘साँच्चिैकै स्वर्ग रहेको मानहुँकोट ।’

 

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ११ : ०५ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा