निर्मला प्रकरण : डीएसपी जिसीको निलम्बन फुकुवा | Khabarhub Khabarhub

निर्मला प्रकरण : डीएसपी जिसीको निलम्बन फुकुवा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बन परेका डीएसपी अंगुर जिसीको निलम्बन फुकुवा भएको छ।

बिहीबार गृह मन्त्रालयले डीएसपी जिसीको निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको छ। निर्मला बलात्कारपछि हत्यामा सुरुका आरोपी दिलिप सिंह विष्टलाई यातना दिएको भन्दै उनी निलम्बनमा परेका थिए ।

गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई प्रहरी अधिकारीलाई सफाइ दिएको थियो। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले डीएसपी जिसीको निलम्बन फुकुवाको पत्र गृहले मुख्यालयमा पठाएको बताए।

पन्तको बलात्कार तथा हत्या प्रकरणमा मुद्दा परेपछि बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्टलाई पनि पुनर्बहालीको बाटो खुलेको छ। उनीबारे मन्त्रिपरिषदले निर्णय लिनुपर्ने हुन्छ।

सामाजिक न्याय र यातना कसुरमा जिसीसहित आठ प्रहरीलाई प्रतिवादी बनाइएको थियो। जिसी डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो।

घटनाको बास्तविक दोषी अहिलेसम्म पत्ता लागेको छैन।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १० : ०५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने