शुल्क लिन थालेपछि शुक्रराजमा पीसीआर परीक्षण गर्न जाने घटे | Khabarhub Khabarhub

शुल्क लिन थालेपछि शुक्रराजमा पीसीआर परीक्षण गर्न जाने घटे


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना (कोभिड-१९) परीक्षण शुल्क लिन थालेपछि परीक्षण गर्न जानेहरुको संख्या घट्न थालेको छ।

अस्पतालले गत आइतबारदेखि लक्षण नभएका र कन्ट्याक्ट ट्रेसिङमा नपरेकाहरूले परीक्षण गर्नुपर्ने भए २ हजार रुपैयाँ लिन थालेपछि भीड घटेको हो । परीक्षण गर्न आउनेको चाप बढेपछि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र लक्षणसहितका मानिसलाई मात्र निशुल्क परीक्षण गर्ने घोषणा सरकारले गरिसकेको छ।

पिसिआर गर्दा शुल्क लाग्ने भएपछि परीक्षणमा आउनेको संख्यामा कमी आएको अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले जानकारी दिए।

उनले भने, ‘निशुल्क परीक्षण हुँदा एकजना मानिस पाँच पटकसम्म परीक्षण गर्न आउने गरेका थिए। अहिले त्यस्ता मानिसहरुको संख्यामा कमी हुन थालेको थियो। उनका अनुसार दैनिक १२ बजेसम्म परीक्षण भइरहेको छ। अहिले पनि परीक्षणको लागि दैनिक २ सय देखि ३ सय मानिसहरु आइरहेका छन्।’

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १० : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६