नक्कली भिसा देखाएर क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ | Khabarhub Khabarhub

नक्कली भिसा देखाएर क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय अपराध महाशाखाले नक्कली भिसा देखाएर क्रोएसिया पठाउने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी डाक्नेश्वरी नपा ६ औरही स्थायी ठेगाना भएका मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई नपा ११ भिरगाँउका सुकवान वाईबा  रहेको अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनीहरुले  क्रोएसियामा राम्रो रोजगारीको प्रलोभन देखाएर ९ जनासँग प्रतिव्यक्ति ३ लाख ७ हजारका दरले रकम असुलेको खुलेको छ ।

उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ७ : ३१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न