पर्सा- पर्सा जिल्लाको ठोरी गाउँपालिका ४ स्थित गोपी बस्तीबाट सशस्त्र प्रहरीको टोलीले एक नाल भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय अमन लामा, ३२ वर्षीय बाबुराम लामा, ३४ वर्षीय कुमार लामा र ३५ वर्षीय सानुबहादुर तामाङ्ग छन्।
हो हल्ला गरी हिडिरहेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको एपीएफ टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथमा एक नाल भरुवा बन्दुक तथा चार वटा गोली र एक थान खुकुरी समेत प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया