'खेलकुद गतिविधि ठप्प पारेर रंगशाला फिल्म सुटिङका लागि दिँदा मन कटक्क खायो' | Khabarhub Khabarhub

‘खेलकुद गतिविधि ठप्प पारेर रंगशाला फिल्म सुटिङका लागि दिँदा मन कटक्क खायो’


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण नेपाली खेलकुद ठप्प रहेको र यसको सुचारुका लागि सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहल नगरेको गुनासो खेलाडी वृतबाट आउन थालको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो विचार लेखेका छन् । जसमा उनले रंगशाला खेलाडीका लागि प्रतिबन्ध जस्तै भइरहँदा म्युजिक भिडियोका लागि खुल्ला गर्नु दुखत् भएको बताएका छन् ।

यस्तै, खेलाडीको मुख्य आयस्रोत र भएका लिगहरु सञ्चालन बारे कुनै छलफल नभएको प्रति पनि दुख व्यक्त गरेका छन् । सरकार, राखेप र अखिल नेपाल फुटबल संघ (एन्फा) बाट संकटमा पाउनेु पर्ने साथ र भरोसा खेलाडीले नपाएको उनको गुनासो छ ।

अनिल गुरुङको समाजिक सञ्जालबाट :

दुइ–तीन साताअघिको घटना होला यो । मैले सामाजिक सञ्जालमा देशको खेलकुदको घर, अझ मजस्तो फुटबल खेलाडीको कर्मथलो दशरथ रंगशालाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको देखेँ । रंगशालामा मान्छेहरुको जमघट थयो ।

रंगशालामा मानिसहरूको भीड देख्दा मजस्ता धेरै नेपाली फूटबलप्रेमीको मन खुशीले दङ्ग परेको थियो । अब रंगशालामा खेलकुद सुरु हुन्छ अनि खेलेर जिविकोपार्जन गर्न पाइन्छ भनेर मनमा आशा पलाएको थियो । तर, त्यो तस्वीर राम्ररी नियाल्दा थाहा भो त्यहाँ कुनै खेलको तयारी होइन, कुनै सांगीतिक कार्यक्रम वा फिल्मको सुटिङ भइरहेको रहेछ । यो थाहा पाउँदा कोरोनाले थलिएको हामी फूटबल खेलाडिको मन नमज्जाले बजारिन पुग्यो ।

खेलाडी घरमा, मैदानमा कलाकार कस्तो लापरवाही, रंगशालामा खेल सन्चालनको अनुमति नदिने सरकार सुटिङका लागि भने भाडामा मैदान दिएको देख्दा मन थाम्न सकिन । कोरोनाले कामविहीन भएर आर्थिक संकटबाट गुज्रिरहेका खेलाडीहरुको अनुहार आँखामा आयो। अति नै दुःख लागेर आयो । कोभिडको कहरले देशमा खेलकुद गतिविधि ठप्प भएको सात महिना बितिसक्यो ।

सबैलाई गाह्रो छ, सरकार देश र नागरिकलाई कोरोनाको कहरबाट जोगाउँ भनेर लागेको छ । खेलकुद परिषद् र एन्फा लाचार छन् भनेर मन बुझाउँदै थिएँ । तर, यस्तो चरम लापरवाही देख्दा यो मनलाई थाम्न सकिनँ र यो पोस्टबाट आफ्नो मनको भावना पोख्न चाहेँ ।

खेलकुद पूर्ण रुपमा सुचारु गरौं भन्दा कोरोनाको बाहना देखाउने खेलकुद परिषद्जस्तो जिम्मेवार निकायले म्युजिक भिडियो र फिल्म छायाँकनको लागि रंगशाला खुलाउनु अति नै लज्जाजनक लाग्यो । दुःखी नि बनायो र म यस्को घोर भर्त्सना गर्छु ।

एन्फाको यस्तो समझले देशको खेलकुदले कहिल्यै पनि प्रगति गर्छ जस्तो मलाई लाग्दैन । देशको खेलकुदको प्रगति नहुनुमा जहिले पनि खेलाडीको क्षमतामा दोष दिने गरिन्छ । तर, देशको खेलकुद निकयको यस्तो लाजमर्दो कृत्यले खेलाडीलाई बलिको बोका बनाइएको हो भन्ने प्रष्ट हुन्छ ।

देशमा बल्लतल्ल सुचारू भएको फुटबल लिग पनि २–३ महिनाको अवधिमा सकिने गरेको छ । ३ महिनापछि खेलाडी बेरोजगार हुन्छन् । जबकी सारा संसारका खेलाडीको आम्दानी भनेकै लिग सिजन हो । अझ भन्नुपर्दा राष्ट्रिय टोलीलाई मजबुत बनाउने महत्वपूर्ण पक्ष नै लिग गेम हो ।

हामीकहाँ खेल हार्यो कि खेलाडीलाई गालीगलौच गर्ने गरिन्छ । जबकी राष्ट्रिय टोलीका खेलाडीहरुले वर्षमा जम्मा २–३ महिना मात्र प्रतिस्पर्धा गर्न पाएका हुन्छन् । यो कुरा कसले बुझ्ने ? एन्फा, खेलकुद परिषद जस्तो जिम्मेवार निकाय नै गैरजिम्मेवार भएपछि हामी खेलाडीले कसकसलाई अनि कहाँ गुहार्ने?

हाम्रो अभिभावक भनेकै यीनै संस्थाहरु हुन् । यिनीहरुको गलत निर्णय र गैरजिम्मेवारीले गर्दा हामीलाइ टुहुरो भएको अनुभुति पनि नभएको होईन । यस्तै गतिविधिका कारण सानो बालबालिकाले खेलाडी बन्ने सपना सुनाए भने हामी निःशब्द बन्नुपर्ने स्थिति छ ।

डर लाग्छ, उनीहरुको भविस्य पनि हाम्रोजस्तै अलपत्र बन्ने हो कि ? त्यही भएर मैले आजभोलि कसैलाई खेलाडी बन्न प्रोत्साहन गर्ने गरेको छैन । मनमा धेरै कुरा छन्, निरासा छन् तर भोलि अवस्य राम्रो हुन्छ भनेर आशा पनि छ । भोलि राम्रो बनाउन हामीले आफ्नो जिम्मेवारी निभाउन जरुरी छ । अहिलेलाई खेलकुदलाई व्यवस्थित तरिकाले सुचारु गर्नु जरुरी छ ।

खेल सुचारु गर्नु भनेको खेलाडीको घरमा चुलो बाल्न सहयोग गर्नु हो । आजको एक गलत निर्णयले नेपाली खेलकुदको भविस्यलाइ अँध्यारोमा धकेल्नु हुन्न। भोलि आउने पुस्तालाई खेलकुदमा प्रोत्साहन गर्न आज राम्रो कदम उठाउन जरुरी छ ।
जय नेपाल, जय नेपाली फुटबल ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ५ : २४ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३