करीनाले सकिन् ‘लाल सिंह चड्ढा’ को शूटिङ | Khabarhub Khabarhub

करीनाले सकिन् ‘लाल सिंह चड्ढा’ को शूटिङ


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री करीना कपूर खानले ‘लाल सिंह चड्ढा’ को छायांकन सकेकी छिन् ।

गर्भवती अवस्थामा रहेकी करीनाले कोरोना महामारीका बीच फिल्मको छायांकन पूरा गरेकी हुन् । फिल्ममा आमिर खानको पनि शीर्ष भूमिका रहने छ ।

करीनाले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सकिएको र मुस्किल समय भए पनि शूटिङ सकिएको बताएकी छिन् ।

‘हरेक यात्राको एक अन्त्य हुन्छ, आज मैले आफ्नो फिल्म लालसिंह चड्ढाको शूटिङ पूरा गरें, मुस्किल समय… महामारी, प्रेग्रेन्सी र नर्भसनेस तर जुन इच्छाले हामीले शूटिङ गर्‍यौं, त्यसलाई कसैले रोक्न सकेन,’ उनले भनेकी छिन् ।

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई अद्वैत चन्दनले निर्देशन गरिरहेका छन् । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो ।

फिल्मको बाँकी छायांकन भारतको दिल्लीमा भइरहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  २ : ५२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका