एएफसीको मूल्याङ्कनमा नेपाली ग्रासरुट | Khabarhub Khabarhub

एएफसीको मूल्याङ्कनमा नेपाली ग्रासरुट


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरु गरेको ग्रासरुट फुटबल कार्यक्रम एसियन फुटबल संघ (एएफसी) को मूल्याङ्कनमा पहिलो पटक परेको छ ।

पछिल्लो २ वर्षमा नेपाली फुटबलको ग्रासरुट कार्यक्रमले हात पारेको सफलतालाई हेरेर एएफसीले ब्राउन्ज स्तरको मूल्याङकनमा राखेको हो ।

एएफसीले गोल्ड, सिल्भर र ब्राउन्ज गरी ग्रासरुट कार्यक्रमलाई मूल्याङ्कन गर्ने गरेको छ । जसमा नेपाल पहिलो पटक मुल्याङ्कनमा परेको हो ।

एन्फाले ६ वर्षदेखि १२वर्ष उमेरसमुहका बालबालिकालाई यो कार्यक्रममा सहभागि गराउने गरेको छ । काठमाडौं लगायत देशका ४५ वटा सदस्य जिल्लामा एन्फाले ग्रासरुट कार्यक्रम संचालन गर्दै आएको छ ।

एन्फाले बालबालिकाहरुलाई खेलकुदमा आर्कषण बढाउने उदेश्यसहित यो कार्यक्रम २०१८ बाट सुरु गरेको हो ।

एन्फाले सामूहीक रुपमा बालबालिकाहरुलाई जम्मा गराएर फुटबल खेलइरहेको छ । काठमाडौंमा एन्फा कम्प्लेक्स सातदोबाटोमा हरेक शनिबार ग्रासरुट कार्यक्रम अन्तर्गत बालबालिकाहरु अभ्यासका लागि आउने गरेका थिए । तर, नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण अहिले त्यो स्थगित भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  २ : ४९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन