विष्णु पौडेलले सम्हाले अर्थमन्त्रालयको पदभार | Khabarhub Khabarhub

विष्णु पौडेलले सम्हाले अर्थमन्त्रालयको पदभार


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हालेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हालेका हुन्।

पदभार सम्हाल्नुअघि उनीसहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपियनियताको सपथ लिएका थिए।

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।

नेकपा महासचिवसमेत रहेका पौडेलले दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  २ : २६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न