भक्तपुर अस्पतालमा दूरबिनको प्रयोग गरी शल्यक्रिया सुरू | Khabarhub Khabarhub

भक्तपुर अस्पतालमा दूरबिनको प्रयोग गरी शल्यक्रिया सुरू


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर अस्पतालले पहिलो पटक दूरबिनको प्रयोग गरी सेवा सुरू गरेको छ ।

कोभिड–१९ को महामारीमा पनि सबै नियमित सेवा सञ्चालन गरिरहेको अस्पतालले दूरबिनको प्रयोग गरी सेवा सुरू गरेको हो ।

सर्जन डा. रञ्जिस पहाडीको नेतृत्वमा डा. मनिष मल्लिक, डा.विनय चौधरी, एनेस्थेसियन डा. निर्मल श्रेष्ठ, डा. दीपक भण्डारी, नर्सिङ टिमका सुमित्रा त्यात, हरि कोजू, मित्रमाया तामाङसहित टोली शल्यक्रियामा सहभागी थिए।

निजी अस्पतालले ६० हजारदेखि एक लाखसम्म शुल्क लिदै आएको पित्तथैलीको शल्यक्रिया २० हजारमै गरिने भक्तपुर अस्पतालले जनाएको छ।

पहिलो शल्यक्रिया स्वास्थ्य बीमामा आवद्ध बिरामीको गरिएको हो। बिमितकै शल्यक्रिया भएकाले नौ हजार शुल्क मात्रै लागेको गौतमले बताइन्।

वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा लामो प्रतिक्षा (क्यूमा)मा रहेका बिरामी भक्तपुर अस्पतालमा आए सहज र सुलभरूपमै शल्यक्रिया गर्न सकिने भक्तपुर अस्पताल प्रशासनले जनाएको छ।

बिनाचिरफार उच्च गुणस्तरको लेन्सका माध्यमबाट सानो प्वालको भरमा गरिने शल्यक्रिया अब भक्तपुर अस्पतालमा पित्तथैलीदेखि स्त्री तथा प्रसूति रोगसम्ममा प्रभावकारी ढङ्गले गरिने गौतमले बताइन्।

चिरेर शल्यक्रिया गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता हुन्छ तर दुरबिन प्रविधिबाट गरिएको शल्यक्रियाको ४८ घण्टामै बिरामी घर जान सक्ने, कम पीडा र तुलनात्मकरूपमा सङ्क्रमणको जोखिम कम हुने हुँदा स्त्रीरोगदेखि पत्थरीसम्मको शल्यक्रिया यही प्रबिधिबाट बढी हुने गरेको छ।

ग्यास, प्रकाश र दूरबिन पठाउन पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । ग्यास, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ।

सरकारले कोरोना हब अस्पतालको रुपमा भक्तपुर अस्पतालाई तोकेपछि पाँच भेन्टिलेटरसहित छ शैय्याको आइसीयू तयार गरिएको छ । यस्तै कोरोना सङ्क्रमित राख्ने १६ शैय्याको आइसोलेसन एवं १० शैय्याको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेसन तयार गरी सेवा सञ्चालन भइरहेको छ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ११ : ०१ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको