उच्च रक्तचाप कम गर्न के के खाने ? | Khabarhub Khabarhub

उच्च रक्तचाप कम गर्न के के खाने ?


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नसर्ने रोगमध्येका एक प्रमुख रोग हो, रक्तचाप । यसलाई अहिलेको आरामदायी जीवनशैलीको एक खराब उपजका रुपमा पनि लिइन्छ ।

पहिले पहिले प्राय वयस्क उमेरका मानिसमा मात्र देखिने रक्तचाप अहिले अन्य उमेर समुहका मानिसमा पनि देखिन थालेको छ । यो जो कोहीलाई सजिलै र कुनै पनि बेला लाग्न सक्छ । त्यसैले शरीरको रक्तचाप थाहा पाउन नियमित रुपमा जाँच गराउनु पर्दछ ।

उच्च रक्तचाप हुँदा हाम्रा धमनी र रक्तनलीहरुमा बढी चाप पर्छ । त्यसलाई औषधी तथा खानपानको परहेजबाट समयमै नियन्त्रण गरिएन भने हाम्रो रक्तनली कमजोर बनाइदिन्छ । अन्यथा मानिसको ज्यानै जान सक्छ । आज हामी उच्च रक्तचापलाई नियन्त्रण गर्ने केही खानेकुराका बारेमा चर्चा गर्नेछौ :

१. केरा
केरामा प्रशस्त मात्रामा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्दछ । पोटासियमले रगतमा भएको अत्यधिक सोडियम पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्न सहयोग गर्छ ।

२. चुकुन्दर
चुकुन्दरमा पर्याप्त मात्रामा पाइने नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुल्न र रक्तचापलाई कम गर्न सघाउँछ । तसर्थ यसको रस सेवन गरे उच्च रक्तचाप नियन्त्रण हुन्छ ।

३. हरियो सागपात
हरियो सागपातमा थुप्रै भिटामीन तथा खनिजका साथै पर्याप्त पोटिसियम पाइन्छ । त्यसैले उच्च रक्तचापका रोगीहरुले हरियो सागपातहरु बढी खाँदा फाइदा हुन्छ ।

४. दही
दहीमा पाइने तत्वले रक्तनली खुम्चन र फैलिन मदुदत पुर्याउँछ । यस अलावा रक्तचापलाई नियन्त्रित राख्दछ । दहीको नियमित सेवनले उच्च रक्तचाप २० प्रतिशत कम हुन्छ ।

५. लसुन
लसुनमा नाइट्रिक अक्साइट पाइन्छ, जसले धमनी फैलिन सहयोग गर्छ । लसुनको नियमित सेवनले उच्चरक्तचाप नियन्त्रणमा आउँछ । लसुन बाहेक, तुलसी, दालचिनी, अलैंची, अदुवाले पनि उच्च रक्तचापलाई कम गर्दछ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ११ : ४१ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश