एम्बाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्स विजयी | Khabarhub Khabarhub

एम्बाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्स विजयी


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिगमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ।

क्रोएसियाको काक्सिमिर रंगशालामा बुधबार राति सम्पन्न खेलमा फ्रान्सले २–१ को जित निकालेको हो।

फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पेले एक/एक गोल गरे ।

खेलको आठौं मिनेटमै फ्रान्सका मिडफिल्डर ग्रिजम्यानले गोल गर्दै सुरुवाती अग्रता दिलाएको खेलमा दोस्रो गोलका लागि दोस्रो हाफसम्म कुर्न पर्‍यो ।

दोस्रो हाफमा दुवै टिमले १–१ गोल गरे। ६४औं मिनेटमा क्रोएसियाका निकालो व्लासिचले गोल गर्दै खेल बराबरीमा ल्याए ।

७९औं मिनेटमा लुकास डिग्नीको पासमा एमबाप्पेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ६ : १७ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका