वैवाहिक जीवनमा खटपट हटाउने ७ 'फेन्गशुई' टिप्स | Khabarhub Khabarhub

वैवाहिक जीवनमा खटपट हटाउने ७ ‘फेन्गशुई’ टिप्स


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ संस्कृतीमा वास्तु दोष निवारण गर्ने उत्तम उपाय हो फेन्गशुई । फेन्गशुई टिप्सको पालनाले जीवनको नकारात्मक शक्ति नष्ट हुने चिनियाँ मान्यता रहेको छ ।

हाम्रो वातावरणमा चारैतर्फ नकारात्मक ऊर्जा रहेका हुन्छन् । यसले हाम्रो जीवनलाई प्रभावित पार्दछ । तर घर वा कार्यस्थलमा फेन्गशुईका उपाय गरे नकारात्मक ऊर्जाको प्रभाव शून्य हुने मान्यता रहेको छ । यस अलावा फेन्गशुई टिप्स अपनाए वैवाहिक जीवन मधुर र प्रगाढ बन्न सक्छ । यस्ता छन् टिप्सहरु :

१. वैवाहिक जीवनमा दम्पतीबीच दरार आए फेन्गशुईका अनुसार शयनकक्षमा टेलिभिजन, कम्प्यूटर लगायतका विद्युतिय उपकरण राख्नु हुदैन ।

२. फेन्गशुई अनुसार बेडको सामुन्ने ट्वाइलेटको गेट हुनु हुदैन । यदि छ भने पनि यसलाई बन्द राख्नुहोस् ।

३. बेडको सामुन्ने ऐना हुनु हुदैन । अन्यथा फेन्गशुईका अनुसार पतिपत्नीमा झगडा पर्न सक्छ ।

४. डबल बेडमा एउटै डसनाको प्रयोग गर्नु पर्दछ । यसले सम्बन्धमा आएको नकारात्मकता दुर भएर जानेछ । साथै सम्बन्ध अझ मजबुत हुनेछ ।

५. बेडलाई झ्याल वा पर्खालमा नछुवाइकन राख्नु पर्दछ । पर्खालमा बेड छोइएमा सम्बन्धमा तनाव उत्पन्न हुनसक्छ ।

६. बेडरूममा कहिल्यै नदी, तलाउ वा झरनाको पेन्टिग हुनुहुँदैन ।

७. बेडको मुनी कुनै पनि सामान हुनु हुदैन । यसले बेडरूममा सकारात्मक ऊर्जाको प्रभाव पर्दछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : २८ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर