गण्डकी प्रदेशमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

क्यान्सरका बिरामी रहेका ती व्यक्ति भदौ २५ गते अस्पताल भर्ना भएकामा २८ गते कोरोना पुष्टि भएको थियो । उनको सोमबार राति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

पछिल्लो विवरणअनुसार प्रदेशमा चारजना कोरोना सङ्क्रमित थपिएका छन् । थप हुनेमा कास्कीका दुई, स्याङ्जा र गोरखाका एक/एकजना छन् ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११६ जना पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ८९५ जना निको भएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : ३३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न