कोरोना भाइरस निष्क्रिय पार्ने औषधि निर्माण गरेको अमेरिकी कम्पनीको दाबी | Khabarhub Khabarhub

कोरोना भाइरस निष्क्रिय पार्ने औषधि निर्माण गरेको अमेरिकी कम्पनीको दाबी


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको एक कम्पनीले कोरोना भाइरस (कोभिड–१९) निष्क्रिय पार्ने औषधि तयार पारेको दाबी गरेको छ ।

युनिभर्सिटी अफ पिटर्सवर्ग स्कूल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोना भाइरस निष्क्रिय पार्ने औषधिको विकास गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

सेल नामक जर्नलमा प्रकाशित लेखका आधारमा सो औषधिको विकासबारे अमेरिकाको समाचार संस्था फक्स न्यूजले समाचार तयार पारेको छ ।

वैज्ञानिकहरुका अनुसार यो औषधिले मान्छेमा कुनै साइड इफेक्ट नगर्ने र यसलाई निकै सानो बायोलोजिकल कणबाट निर्माण गरिएको बताइएको छ ।

वैज्ञानिकहरुले यसलाई सार्स–कोभ २ नाम दिएका छन् । यो औषधि परीक्षणका क्रममा मुसा र ह्याम्स्टर्समा प्रभावकारी भएको बताइएको छ ।

समाचारका अनुसार यो औषधिले बिरामी निको हुनुका साथै पछि कोरोना संक्रमण नहुने पनि जनाइएको छ ।

युनिभर्सिटी अफ टेक्सस मेडिकल ब्रान्च सेन्टर फर बायो डिफेन्स एण्ड इमर्जिङ डिजिजेस र गालभेस्टन नेशनल ल्याब्रोटरीका प्रतिनिधिहरुले मुसामा यो औषधिको परीक्षण गर्दा मुसामा सेल्स भाइरस प्रवेश गर्न नदिएको बताएका छन् ।

यो औषधि कहिलेदेखि सर्वसाधारणका लागि उपलब्ध हुनेछ भन्नेबारेमा भने अझै खुलाइएको छैन ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : ०५ बजे

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट