कोरोनाविरुद्धको ‘भ्याक्सीन’ नोभेम्बरसम्म सबै नागरिकलाई उपलब्ध हुने | Khabarhub Khabarhub

कोरोनाविरुद्धको ‘भ्याक्सीन’ नोभेम्बरसम्म सबै नागरिकलाई उपलब्ध हुने


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच चीनमा सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का एक अधिकारीले नोभेम्बरसम्म कोरोनाविरुद्धको भ्याक्सीन आम नागरिकको लागि उपलब्ध हुने बताएका छन् ।

चीनमा कोरोनाका ४ भ्याक्सीनमाथि रिसर्च भईरहेको छ । यी सबैको ट्रायल अन्तिम चरणमा रहेको छ । यी मध्ये तीन वटा भ्याक्सीन भने अत्यावश्यक कर्मचारीमा प्रयोग गरिसकिएको छ ।

जुलाईबाटै यो कार्यक्रम शुरु गरिएको थियो ।

सीडीसीका चीफ बायोसेफ्टी एक्सपर्ट गुईझेन वूले सरकारी टिभी च्यानलमा भने, ‘मैले आफैँ नै अप्रिलमा एक ट्रायलमा भाग लिएको थिएँ, अहिलेसम्म यसको केहि साइड इफेक्ट छैन ।’

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  २ : २९ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म