डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणमा ट्रम्प | Khabarhub Khabarhub

डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणमा ट्रम्प


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमण गरेका छन् ।

त्यस क्रममा राष्ट्रपति ट्रम्पले डढेलो लाग्नुको कारण जलवायु परिवर्तन नभई कमजोर वन व्वस्थापनको परिणाम भएको बताए ।

जलवायु परिवर्तनबारे ‘विज्ञानलाई बेवास्ता नगर्न’ एक अधिकारीले गरेको आग्रहलाई अस्वीकार गर्दै ट्रम्पले भने, ‘अब चिसो हुन थाल्छ, तपाईँ हेर्दै गर्नुहोस्, मलाई लाग्दैन विज्ञानलाई खासै थाहा छ।’

क्यालिफोर्नियामा ठूलो डढेलोको कारण जलवायु परिवर्तनको असर हो कि भन्ने पत्रकारको जिज्ञासामा ट्रम्पले भने, ‘मलाई लाग्छ यो व्यवस्थापनसँग अझ बढी सम्बन्धित कुरा हो।’

डढेलो नियन्त्रणमा अमेरिकाले अरू देशहरूको तुलनामा धेरै राम्रो काम गरेको उनले दाबी गरे ।

तस्वीर : रोयटर्स

डढेलो नियन्त्रणको प्रयास विफल भएको भन्ने आलोचकलाई उनले  अस्ट्रेलिया र ब्रजिलका जङ्गलमा लागेका डढेलोहरूका उदाहरण दिए।

क्यालिफोर्निया, ओरेगन र वाशिङ्गटन राज्यमा डढेलोबाट २० लाख हेक्टर क्षेत्रमा क्षति पुगेको छ । अगस्ट महिनाको पहिलो सातायता मात्रै त्यहाँ कम्तीमा ३५ जनाको ज्यान गएको छ।

क्यालिफोर्नियामा मात्रै १५ अगस्टयता डढेलोले २४ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ९ : ०१ बजे

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट