हिन्दू धर्मको वास्तु अनुसार निर्माण भएको सहर सिंगापुर ! | Khabarhub Khabarhub

हिन्दू धर्मको वास्तु अनुसार निर्माण भएको सहर सिंगापुर !


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारको सबै भन्दा पुरानो धर्म हिन्दू धर्म हो । नेपाल, भारत र विश्वका अन्य केही देशहरूमा हिन्दू धर्म मान्ने जनसंख्या उल्लेख्य छ । हिन्दू धर्मका बारेमा धेरै कुराहरू बाहिर आएका छन् भने कतिपय कुराहरू रहस्यको गर्भमै छ ।

संसारको सबैभन्दा राम्रो सहर सिंगापुर हिन्दू धर्मको वास्तुअनुसार निर्माण भएको हो भन्दा तपाईंलाई अचम्म लाग्ला तर यो सत्य हो ।

यससँगै हिन्दू धर्मका अन्य २५ विशेषताहरू पढ्नुहोस् ।

१. हिन्दू धर्म थाहा भएसम्म सबैभन्दा पूरानो धर्म हो जसका कारण यसलाई सनातन धर्म पनि भनिँदै आएको छ । यसको उत्पति १० हजार वर्षअघि भएको थियो भने यसका साहित्यिक कृतिहरुलाई इसा पूर्व ७ हजारभन्दा अघि रचिएको मानिन्छ ।

२. हिन्दू धर्मलाई इसाई धर्म र मुस्लिम धर्मपछिको सबैभन्दा ठूलो धर्म मानिन्छ । विश्वभरि १४ प्रतिशत मानिसहरु हिन्दू धर्मावलम्बी रहेका छन् ।

३. योगा, प्रणायाम, ज्योतिषशास्त्र, अंकशास्त्र, हस्तरेखा विज्ञान तथा वास्तुशास्त्र जस्ता विज्ञान तथा शास्त्रहरु हिन्दू संस्कृति तथा जीवनपद्धतिबाट उत्पति भएका हुन् ।

४. संसारको सबैभन्दा ठूलो मन्दिर भारतमा होइन, कम्बोडियाको अंगकोरमा पर्दछ ।

५. नेपालको उत्पति हिन्दू ऋषि ने मुनीले गरेका हुन् भन्ने मिथ्य रहेको छ ।

६. हिन्दू धर्ममा, महिला र पुरुष दुवैलाई समान मानिन्छ । महिलालाई पनि भगवतीको रुपमा पूजा गर्ने चलन हुन्छ, जुन यस धर्मको मुख्य विशेषता पनि हो ।

७. हिन्दू धर्ममा आधारित मन्दिरहरुको वास्तुकला आकर्षक सज्जावट मात्र होइनन्, ऊर्जाको केन्द्र पनि हुन् र विशेष वैज्ञानिक महत्व राख्दछन् भन्ने कुरा प्रमाणित भइसकेको छ । मन्दिर निर्माणमा प्रयोग हुने फलामदेखि निर्माणको ढाँचासम्मले पनि सकारात्मक ऊर्जा संचारित गर्दछ भन्ने कुरा प्रमाणित भइसकेको छ ।

८. आदर्श हिन्दू धर्मको चार मुख्य उद्देश्यहरु धर्म, अर्थ, कर्म तथा मोक्ष हुन् ।

९. “कर्म” शब्द राम्रो वा नराम्रो काम भन्ने अर्थ बुझाउने हिन्दू अवधारणाबाट आएको शब्द हो ।

१०. बौद्ध धर्मको उद्भव हिन्दू धर्मबाटै भएको मान्ने गरिन्छ । हिन्दू धर्मको विकल्पको रुपमा बौद्ध धर्मको सुरुवात भएको हो भन्ने मान्नेहरु पनि छन् । बौद्ध धर्म भारतबाट प्रचारित हुँदै एसियाभर पुगेको थियो ।

११. विश्वमा हरेक सात मानिसमध्ये एक हिन्दू भारतीय नागरिक पर्दछन् ।

१२. विश्वको प्रख्यात फोन कम्पनीका संस्थापक स्टिभ जब्स्ले फेसबुकका संस्थापक मार्क जुर्कबर्गलाई आन्तरिक शान्ति तथा आधात्यमिकता प्राप्तिका लागि भारतको उत्तराखण्डमा रहेको कैँची धाम मन्दिर घुम्न जान सुझाव दिएका थिए ।

१३. संसारको सबैभन्दा मूल्यवान धार्मिक संरचना भारतको केरलाको पद्यमनाभास्वामी मन्दिरलाई मानिन्छ । यो मन्दिरमा रहेको अत्याधिक बहुमूल्य आभूषणसहितको यस मन्दिरको सम्पत्तिको मूल्य २२ खर्ब ३० करोड रहेको छ ।

१४. भारतमा मात्र, १ लाख ८ हजार स्वीकृत मन्दिरहरु रहेका छन् ।

१५. हिन्दू धर्मका संस्थापकको यकिन छैन ।

१६. हिन्दू धर्म यस धर्मलाई जनाउने वास्तविक शब्द भने होइन । यसको वास्तविक नाम सनातन धर्म नै हो, जसको अर्थ “अनन्त धर्म” वा “अनन्त सत्य” हो भन्ने गरिन्छ ।

१७. हिन्दू शब्दको उद्गम “सिन्धु खोला”बाट भएको मानिन्छ ।

१८. १२ वर्षमा एक पटक मात्र हुने हिन्दूहरुको पर्व, “कुम्भमेला”लाई संसारकै सबैभन्दा ठूलो मानव भेलाको पर्वको रुपमा चिनिन्छ ।

१९. नेपाल र भारतमा महिलाहरुले लगाउने वस्त्र, सारीको उत्पति इसा पूर्व २००० अघिबाट नै सिंधु उपत्यकाबाट भएको हो ।

२०. हिन्दू धर्मका केही प्रभाव तथा अवधारणाहरु शिख धर्म तथा जैन धर्ममा पनि रहेको छ ।

२१. १०८ लाई हिन्दू धर्ममा पवित्र अंक मानिन्छ । यही अंक बौद्ध, शिख तथा जैन धर्ममा पनि पवित्र मानिन्छ ।

२२. ऋगवेदलाई थाहा भएको मध्ये संसारकै सबैभन्दा पुरानो किताब मानिन्छ र यसको अस्तित्व इसा पूर्व ७००० वर्ष अघिबाट रहेको बताइन्छ ।

२३. हिन्दू धर्मको कामसूत्रको ग्रन्थमा आधारित किताब संसारमा सबैभन्दा बढी विक्रि हुने किताबमध्ये एक हो ।

२४. वेद तथा हिन्दू धर्मका अन्य पाठहरु हजारौँ वर्षसम्म बिना कुनै कागज संरक्षित गरिएको थियो । यी पाठहरु एक पुस्ताबाट अर्को पुस्तामा मन्त्रोच्चारण र स्मृतिको सहयोगमा हस्तान्तरित हुन्थे ।

२५. सिंगापुर हिन्दू धर्मको वास्तुको आधारमा निर्माण भएको सहर हो । यसलाई संसारभरका आधुनिक वास्तुनिर्माताले प्रशंसा गर्ने गर्दछन् भने यही रेखाचित्रको अनुसरण गर्ने मानिसहरु पनि छन् ।

– हाम्रो पात्रोमा प्रकाशित रमेश थापाद्वारा लिखित लेखको भावानुवाद

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : ३० बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको