महाभारत : यसकारण भए द्रौपदीका पाँच पति | Khabarhub Khabarhub

महाभारत : यसकारण भए द्रौपदीका पाँच पति


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाभारतकी अमर पात्र द्रौपदी आफ्ना पाँच पतिका कारण सधैं विवादमा रहिन् ।

हुन त द्रौपदीले अर्जुनसँग मात्र विवाह गरेकी हुन् । तर उनको सम्बन्ध अर्जुनका दाजुभाइसँग हुन पुग्यो । द्रौपदी अर्जुनलाई मात्र प्रेम गर्थिन् कि ? अझ कर्णलाई पनि मन पराउँथिन् कि ? साँच्चै उनका पाँच पति थिए त ?

वनवासमा रहँदा अर्जुनले ब्राह्मणको भेष बनाएर द्रौपदीलाई स्वयंबरमा जितेका थिए । प्रतिबिम्बमा हेरेर माछाको आँखामा निशान लगाउने परीक्षा जितेपछि द्रौपदी अर्जुनकी भइन् । तर अर्जुनका दाइ युधिष्ठिरले पहिला आफ्नो विवाह हुनुपर्ने बताए । अनि राजकुमारी द्रौपदी सबै पाण्डव भाइको पटरानी हुनुपर्ने पनि भने ।

द्रुपदले यस्तो बहुपतिमा आपत्ति उठाएपछि वेदव्यासले उनलाई द्रौपदीको पूर्वजन्मका बारेमा सम्झाएर राजी गराए ।

पूर्वजन्ममा भगवान् शिवसँग हडबडाएर पाँच वर मागेका कारण द्रौपदीले पाँच पति पाउने रहस्य रहेको वेदव्यासले सम्झाए ।

पाँचै पाण्डवले फरक फरक दिनमा द्रौपदीको पाणिग्रहण गरे । पछि पाँचै पाण्डवबाट द्रौपदीले एक एक वर्षको अन्तरालमा एक एक पुत्र जन्माइन् । युधिष्ठिरको प्रतिविन्ध्य, भीमसेनको सुतसोम, अर्जुनको श्रुतकर्मा, नकुलको शतानीक र सहदेवको श्रुतसेन नामक छोरो जन्मिए ।

पाण्डवहरूले अन्य पत्नीसँग पनि विवाह गरेका थिए र उनीहरूबाट पनि सन्तान जन्माएका थिए । तर सबैले द्रौपदीलाई नै महारानी मान्थे ।

द्रौपदी कर्णप्रति आसक्त थिइन् भनी बंगाली उपन्यासकार चित्रा बनर्जी दिवकरुणीले द प्यालेस अफ इल्युजनमा कथा बनाएकी छिन् । कर्णले द्रौपदीलाई पाउन नसकेको पीडा द्युतसभामा अपमान गरेर शमन गर्न खोजे ।

तर महाभारतलाई गहिरो अध्ययन गर्ने हो भने द्रौपदी कृष्णलाई मन पराउँथिन् भन्ने देखिन्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : २१ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप