पूर्वप्रेमिका र श्रीमतीबीचको झगडामा लक्ष्मणको हत्या | Khabarhub Khabarhub

पूर्वप्रेमिका र श्रीमतीबीचको झगडामा लक्ष्मणको हत्या


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रेमिका र श्रीमतीबीचको झगडाले नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको खुलेको छ ।

लक्ष्मणमाथि छुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेपछि उनले दिएको बयानका क्रममा यो रहस्य खुलेको हो ।

महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार शुरुमा मृतक लक्ष्मण, उनकी श्रीमती सोनु श्रेष्ठ र लक्ष्मणकी पूर्व प्रेमिकाबीच झगडा हुँदा घटनाले यस्तो अवस्थासम्म पुगेको पाइएको छ ।

त्यसपछि एक आपसमा शक्ति देखाउन उनीहरुबीच ग्याङ खडा गरी बादबिबाद हुँदा लक्ष्मणको हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।

सोनुले श्रीमान लक्ष्मण, भाइ समिर श्रेष्ठ र लक्ष्मणका दाइ शंकरलाई घटनास्थलमा बोलाएकी थिइन । पुष्पाले भने आङदोर्जे, रबिन तामाङ, दिनेश तामाङलगायतलाई बोलाएपछि दुबै पक्षबीच भिडन्त नै भएको भएको थियो ।

आङदोर्जे समुहको आक्रमणमा परी लक्ष्मणका दाइ शंकरको आँखामा चोट लागेको छ भने श्रीमती सोनु पनि सामान्य घाइते छन्। आङदोर्जेका साथी दिनेश तामाङ पनि घाइते भएका छन् । आङदोर्जेले तामाङलाई छातीको बाँया भागमा छुरा प्रहार गरी हत्या गरेको खुलेको छ।

शुक्रबार राति मितेरी पुल नजिक शेर्पासहितको समुहले २४ वर्षीय तामाङलाई छुरा प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना युवकलाई पनि पक्राउ गरेको छ ।

शुक्रवार राति करिब साढे ८ बजेतिर छुरा प्रहारबाट घाइते लक्ष्मणको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लक्ष्मणकी पूर्वप्रेमिका पन्तसहित तीन जनालाई पक्राउ गरेको छ । आङदोर्जेलाई महाशाखाका एसपी ईश्वर कार्की र महानगरिय प्रहरी परिसरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १ : ३४ बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको