निजी स्कुलले भोलिदेखि अनलाइन सिकाइ बन्द गर्ने | Khabarhub Khabarhub

निजी स्कुलले भोलिदेखि अनलाइन सिकाइ बन्द गर्ने


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी स्कुलहरुले साउन १ गतेदेखि वैकल्पिक सिकाइ बन्द गर्दै शिक्षकहरुलाई बेतलबी बिदामा राख्ने भएका छन्।

निजी स्कुल सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ गतेदेखि नै लागू हुनेगरी शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफूहरुले उठाएको माग सम्बोधन नभएको भन्दै निजी स्कुलले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्न निर्णयमा पुगेका हुन्।

प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्नेलगायतका माग राखेका थिए।

मागबारे सरकारले कुनै सम्बोधन नगरेपछि प्याब्सन र एनप्याब्सन स्कुल बन्द गर्ने निष्कर्षमा पुगेको प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगाना बताए।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ५० बजे

कोशी प्रदेशलाई खोरेतमुक्त बनाइँदै

विराटनगर– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले आगामी

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : गगन थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

धनगढी– सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र

वन्यजन्तु सप्ताह : सामुदायिक वनमा चरा अवलोकन

भरतपुर– २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ