ओली र प्रचण्डबीचको छलफल विना निष्कर्ष टुङ्गियो | Khabarhub Khabarhub

ओली र प्रचण्डबीचको छलफल विना निष्कर्ष टुङ्गियो


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ ।

बुधवार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा भएको ३ घण्टा लामो भेट विना निष्कर्ष टुंगिएको हो । दुई अध्यक्षबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल भएको थियो ।

यसअघि पनि दुई अध्यक्षबीच नेकपा विवादबारे छलफल भए पनि कुनै निष्कर्ष निस्किन सकेको छैन ।

पछिल्लो समय नेकपा स्थायी कमिटीका सदस्यसहित शीर्ष नेताहरुले अध्यक्ष ओलीको राजीनामा मागेपछि नेकपाभित्र थप विवाद उत्पन्न भएको थियो ।

साउन २ गते हुने स्थायी कमिटीको बैठकअघि दुई अध्यक्षले सहमति जुटाउने प्रयास गरे पनि आजको छलफल विना निष्कर्ष टुंगिएको स्रोतले जनाएको छ ।

आजको बैठकमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले केहीबेर सहभागि थिए । पछि अध्यक्षद्वयले मात्र छलफल गरेका थिए ।

दुई अध्यक्षबीच बिहीबार पुनः छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : ५५ बजे

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने