कुमारी बैंक र जोंटा क्लबबीच सहकार्य | Khabarhub Khabarhub

कुमारी बैंक र जोंटा क्लबबीच सहकार्य


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुमारी बैंक लिमिटेडले जोंटा क्लब काठमाडौँ नेपाललाई सहयोग गरेको छ ।

उक्त संस्थाले समाजमा लैङ्गिक भेदभाव, अत्याचार एवं हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हकअधिकारका सम्बन्धमा विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस सेवा–उन्मुख संस्थाको मुख्य उद्देश्य महिला हक अधिकार, सशक्तिकरणका मुद्दा मामिलाहरुमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै उनीहरुकोे क्षमता अभिवृद्धि गर्दै लैजानु रहेको छ । यस संस्थाका प्रसंशनीय कार्यहरुको कदर र सम्मान स्वरुप उक्त सहकार्य गरिएको बैंकका पधादिकारीले जानकारी दिए ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त कार्यक्रम माझ बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनाले जोंटा क्लब काठमाडौं नेपालकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम ७ लाखको चेक हस्तान्तरण गरे ।

बैंकले आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग
ईकाईहरु मार्फत ग्राहकवर्गलाई  सेवा दिँदै आएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : १९ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही